जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्छ – भीम रावल
प्रमुख खबर
काठमाडौं । मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’
उनले भ्रष्टाचारको जड नेताहरु मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म महामारीको रुपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात युवा पुस्ताले काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
