`

एमालेमा फर्किनुअघि झाँक्री र श्रेष्ठले भेटे ओली

Nepal One HD २० कार्तिक २०८२ १६:५०
समाचार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ लगायत नेताहरू नेकपा (एमाले) फर्किने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र झाँक्रीलगायत नेताहरूबीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तापछि कात्तिक २४ गते झाँक्रीसहित नेताहरू एमालेमा फर्कन तयार भएको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीलगायत १० दलीय घटक एकता भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ भने उक्त पार्टीमा झाक्रीलगायत नेताहरू गएका थिएनन् । उनीहरूले पत्रकार सम्मेलन गरी एमालेमा फर्कन सकिने संकेत गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू एमाले फर्किन लागेका हुन् । महासचिव घनश्याम भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *