`

यु–१९ महिला च्याम्पियनसिप : नेपालद्वारा माल्दिभ्स पराजित

Nepal One HD २० कार्तिक २०८२ २०:५०
खेलकुद

काठमाडौँ, २० कात्तिकः श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।

कोलोम्बोमा आज भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित ग¥र्यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो ।

आजको जितपछि नेपालले तीन खेलबाट सात अङ्क जोडेको छ । यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–१ को सेटमा हराएको थियो ।

चार टिम सहभागी यश प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अङ्क तालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *