`

नेतृ झाँक्री आज एमालेमा फर्किंदै, अरूलाई पनि गरिन् ‘घर फर्किन’ आह्वान

Nepal One HD २४ कार्तिक २०८२ ११:४४
नेकपा एमाले

काठमाडौं । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता–कार्यकर्ताहरूलाई नेकपा एमालेले आज (सोमबार) ‘घर फर्काउँदै’ छ। यसका लागि एमालेले आज दिउँसो साढे २ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’, आयोजना गर्दैछ । जसअन्तर्गत तत्कालीन एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठलगायत एमालेमा फकिने तयारीमा छन् । यसैबीच झाँक्रीले यस अभियानमा सहभागी हुन पूर्व एमालेजनलाई आह्वान गरेकी छन् ।

‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो । हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो । सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेकी छन् ।
तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई तत्कालीन नेकपा माओवादी केन्द्रसहित १० वाम दलको एकतामा समाहित गराएपछि महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायत नेता अलग भएका हुन् ।

झाँक्री किसान श्रेष्ठलगायत केही नेता एमालेमा फर्किने भए पनि भुसाललगायत एउटा समूहले भने एकीकृत समाजवादी पुनर्गठन अभियान घोषणा गरेको छ । जसको संयोजक भुसाल बनेका छन् । उता १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका छन् । जसमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *