`

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजनाका लागि सम्झौतामा हस्ताक्षर

Nepal One HD २४ कार्तिक २०८२ २१:११
राजनीति

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा यहाँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन् । उक्त परियोजनाहरू करिब रु एक अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ ।

भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ । तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् । यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशमा रहेका छन् ।

छिमेकी मुलुकका रूपमा भारत र नेपालबीच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले नेपालमा जनशक्तिकरणका साथै प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *