`

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री अर्याल

Nepal One HD २६ कार्तिक २०८२ २१:३२
प्रमुख खबर

काठमाडौँ, २६ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य भएको बताउनुभएको छ ।

व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै उहाँले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई सामान्यीकरण गर्न, शान्ति सुव्यवस्था कायम गर्न, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्ने प्रमुख उद्देश्यका साथ गठन भएको बताउनुभयो ।

दुर्गा प्रसाईं नेतृत्वमा रहेको नागरिक बचाऊ महाअभियानले ज्ञापनपत्र बुझाउन समय माग गरेर ज्ञापनपत्र बुझाउनुभएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *