`

एभरेस्ट महिला भलिबलः काठमाडौँ स्पाइकर्सको जीत

Nepal One HD २७ कार्तिक २०८२ २१:२५
खेलकुद

काठमाडौँ – काठमाडौँमा जारी एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौँ स्पाइकर्सले पोखरा निञ्जाजलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौँले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो । काठमाडौँले सुरुआती दुई सेट २५–१९, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने काठमाडौँ १२–२५ ले पछि प¥र्यो । चौथो सेटमा २५–१८ ले विजयी भयो ।

चार खेल खेल्दा दोस्रो जीत निकालेको काठमाडौँ ६ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पोखराले भने पाँचै खेल खेलिसक्दा १ जीत तथा ४ हारका साथ ४ अङ्क जोडेर लिग सकाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *