`

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै

Nepal One HD २८ कार्तिक २०८२ १३:०५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (शुक्रबार) स्वदेश फर्किदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले जानकारी दिएका छन् । उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए । २४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए । सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *