`

दोस्रो संस्करणको एनपिएल : उद्घाटन खेलमा जनकपुर विरुद्ध काठमाडौंको रोमाञ्चक जित

Nepal One HD १ मंसिर २०८२ १९:२५
खेलकुद

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।

एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *