`

सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव: मन्त्री खरेल

Nepal One HD ८ मंसिर २०८२ २१:५८
प्रमुख खबर

चरिकोट, ८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले राज्य संयन्त्रलाई सरकारले हस्ताक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताउनुभयो ।

मन्त्री खरेलले सुशासनका लागि खर्च कटौती गर्ने नीतिसहित काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले कम खर्च र मितव्यता अपनाउँदै काम गर्ने र ‘जेनजी’ का माग पूरा गर्न स्पष्ट निर्देशन दिएको उहाँले बताउनुभयो ।

मन्त्री खरेलले देशको राजधानी, भारत र चीनबाट समेत नजिक भएर पनि दोलखाको विकास नभएको भन्दै यसमा राजनीतिक खिचातानी मुख्य कारण रहेको धारणा राख्नुभयो । अब पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर जिल्ला मात्रै होइन देश विकासमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

“दोलखा जलविद्युत्, हिमाल, धार्मिकस्थल, जल, जङ्गल, जडीबुटीले भरिपूर्ण हुँदाहँुदै बाह्य पर्यटकको थलो किन बन्न सकेन् ? उत्तर खोज्दा सबैले मम भन्नुपर्ने बेला आएको छ । यति हुँदाहँुदै पर्यटकीय हिसाबले किन पछाडि भयौँ ? यो कुरालाई राजनीतिभन्दा माथि उठेर सोच्ने र दोलखालाई शिरमाथि राखेर काम गर्न आवश्यक छ”, मन्त्री खरेलले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *