`

ट्रम्पद्वारा डेमोक्र्याटिक पार्टीका सांसदलाई माफीको घोषणा

Nepal One HD १८ मंसिर २०८२ १८:३५
विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिनुभएको छ।

ट्रम्पले बुधबार आफ्नो लगानीको टु«थ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “म यो घोषणाद्वारा टेक्सासका मेरो प्रिय सांसद हेनरी कुएलरलाई बिना शर्त पूर्ण आममाफीको घोषणा गर्दैछु । म तपाइलाई चिन्दिनँ, तर तपाइ आज राति राम्रोसँग सुत्न सक्नुहुनेछ । तपाईँको भयानक सपना अन्तमा समाप्त भएको छ।”

कुएलर र उहाँकी श्रीमतीले अजरबैजान सरकारको आंशिक स्वामित्वमा रहेको तेल र ग्यास कम्पनीबाट सयौं हजार डलर घूस लिएको अभियोजनकर्ताहरूको आरोपको आधारमा षड्यन्त्र र घूसखोरीको धेरै आरोपहरूको सामना गरिरहनुभएको छ।

कुएलर दम्पतीले ती आरोपहरूको खण्डन गर्दै आएका छन् । उनीहरूले उक्त मुद्दामा अप्रिलदेखि कानुनी लडाई लड्दै आएका थिए । कुएलरले बुधवार एक्समा एक पोस्ट गर्दै माफीको जवाफमा भन्नुभएको छ, “म राष्ट्रपति ट्रम्पलाई उहाँको जबरदस्त नेतृत्व र तथ्यहरू हेर्नको लागि समय निकाल्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छु।”

ट्रम्पले पूर्व राष्ट्रपति बाइडेनको प्रशासनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध न्याय प्रणालीलाई प्रयोग गरेको बताउनुभएको छ तर यसको प्रमाणका लागि कुनै तथ्य भने पेश गर्नुभएको छैन ।

आफ्ना विगतका कानुनी समस्याहरूलाई राजनीतिक वदलाका भावले प्रकट गरिएको भन्दै ट्रम्पले यस वर्ष दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेदेखि धेरै उच्च ओहोदाका व्यक्तिहरूको मुद्दामा सजाय मिनाहको घोषणा पनि गर्नुभएको छ।

होन्डुरसका पूर्व राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई सोमबार पश्चिम भर्जिनियाको जेलबाट रिहा गरिएको छ ।ट्रम्पले गत फेब्रुअरीमा इलिनोइसका गभर्नर रड ब्लागोजेभिचलाई राजनीतिक भ्रष्टाचारको मुद्दामा माफी दिनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *