विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन
विश्व
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताउनुभएको छ ।उहाँका अनुसार पश्चिमी राष्ट्रहरूको विरोध र हस्तक्षेपकै कारण द्वन्द्व झनै चर्किएको छ ।
पुटिनले भन्नुभयो,“लडाइँ जारी रहनुको प्रमुख कारण किएभको कठोर अडान हो, र हाम्रो लक्ष्य रूसका राष्ट्रिय हित तथा जनताको सुरक्षित भविष्य सुनिश्चित गर्नु हो ।”
मध्यपूर्वतर्फ सङ्केत गर्दै उहाँले प्यालेस्टिनी मुद्दा समाधानका लागि संयुक्त राष्ट्रसङ्घभित्र रूसको प्रतिबद्धता दोहोर्याउनुभयो । गाजा सङ्कट समाधानका लागि स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना अपरिहार्य रहेको बताउँदै, गाजा प्रशासन सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावलाई रूस समर्थन गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
