`

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

Nepal One HD २२ मंसिर २०८२ २०:४३
समाज

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा आगलागी भएको छ अकबर अलीले सञ्चालन गरेको कस्मेटिक सामानको गोदाम अजाज सप्लायर्समा आज बेलुका आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको बताउनुभयो । आगलागीको कारण पहिचान गर्न अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *