`

काठमाडौँ–६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस

Nepal One HD २७ मंसिर २०८२ २१:३२
नेपाली कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी काठमाडौँका सभापति कृष्ण बानियाँसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा गरी २१ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको विधानअनुसार काठमाडौँ क्षेत्र नं ६ बाट सिफारिसका लागि आएका नामलाई आज जिल्ला समितिमा सिफारिस गरिएको काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिसकेकाले सोहीअनुसार कांग्रेसले क्षेत्र, जिल्ला र प्रदेशसँग आकाङ्क्षीको नाम माग गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *