`

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

Nepal One HD २९ मंसिर २०८२ १८:५१
समाज

काठमाडौँ – पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो । यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन् ।

पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एकजना रहेका छन् । ती घटनामा रु तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।

पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ । गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *