एमालेको १९ पदाधिकारीमा एक मात्रै महिला
नेकपा एमाले
नेकपा एमालेको ११औं महाधिवेशनबाट १९ जना पदाधिकारीमा एक जनामात्रै महिला उम्मेद्वार निर्वाचित भएकी छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा रहेकी पद्मा अर्याल सचिवमा निर्वाचित भएकी हुन् ।
पदाधिकारीमा ओली र ईश्वर पोखरेल पक्षबाट तीन जना महिला उम्मेद्वार थिए । पोखरेल पक्षबाट उपाध्यक्षकी उम्मेद्वार रहेकी बिन्दा पाण्डे र सचिवकी उम्मेद्वार रहेकी रचना खड्का भने पराजित भएका छन् ।
१९ मध्ये १७ पदाधिकारी ओली पक्षले जितेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
