`

सुनको मूल्य घट्दा चाँदीको मूल्य उकालोमा

Nepal One HD ६ पुष २०८२ ११:२३
अर्थ समाचार

काठमाडौँ । कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पुस ४ मा सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदी तोलामा १०० रुपैयाँले बढेर चार हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *