पूर्वराष्ट्रपति भण्डारीद्वारा डा आचार्यको स्वास्थ्यलाभका कामना
प्रमुख खबर
काठमाडौँ, १२ पुसः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
आज पुरानो बानेश्वरस्थित उहाँको निवासमा पुगेर डा आचार्यका परिवारजनसँग भेट गरी अस्वास्थ्य रहनुभएकी डा आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो । डा आचार्यले पूर्वराष्ट्रपति भण्डारी तत्कालीन समयमा राष्ट्रपति रहनुभएको बेला विज्ञ सल्लाहकारका रूपमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
