`

पर्यटनलाई उद्योग भन्यौं, सुविधा दिएनौं : मन्त्री सिन्हा

Nepal One HD १४ पुष २०८२ १४:५२
अर्थ समाचार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताएका छन् । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले पर्यटन उद्योगलाई उद्योगको रूपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरूलाई हाल भएको कानुनले नदिएको उल्लेख गरे । यसलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरूले होटलहरु खचाखच भरिएको बताए । आन्तरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उनको भनाई छ । पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनमा भएका खर्चहरूमा करको मिनाहा गरिदिन आग्रह गरेको पनि उनले बताए ।

उनले भने, ‘हिजोआज ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटनकहरुले होटलहरु खचाखच भरिएको अवस्था छ । अहिले आन्तरिक पर्यटनलाई अलिकति सुविधाजनक बनाइदिने हो भने जस्तो कर्पोरेट सोसल रेस्पोन्सिलिटी अन्तर्गत पारेर आन्तरिक पर्यटनमा भएका खर्चहरूमा करको मिनाहा गरिदिने हो भने त्यसले हामीलाई धेरै हदसम्म सहयोग पनि हुन्थ्यो भनेर पर्यटक व्यवसायीहरूले आफ्नो कुरा राख्नुभएको छ । अहिले हामी पर्यटन उद्योग भनेर भनेका छौँ तर उद्योगको रूपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरूलाई दिएको देखिएको छैन । यो हामीसँग भएको कानुनले ।’ उनले पर्यटन क्षेत्रका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत विधेयक ल्याउने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *