चार हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ
अर्थ समाचार
काठमाण्डाैँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य चार हजार ६ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
