काङ्ग्रेस विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि !
नेपाली कांग्रेस
काठमाडौं । काङ्ग्रेसकाे विशेष महाधिवेशनका लागि साँझ सात बजेसम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका छन् ।
आठवटा क्लस्टरबाट भइरहेको दर्तामा अहिलेसम्म २ हजार ९ सय ४० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गरेकाे दाबी गरिएकाे छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता चलिरहेको छ ।
कांग्रेसका देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनकाे माग गरेका थिए । साेहीअनुसार विशेष महाधिवेशन भएकाे हाे ।
विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै फेर्ने बताइएकाे छ । महामन्त्री थापाले विशेष महाधिवेशनकाे हलले गर्ने निर्णय स्वीकार्ने बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
