सोलुखुम्बुमा जीप दुर्घटना, दुईको मृत्यु
प्रमुख खबर
सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका ६ वाकुबाट वडा नम्बर ७ बरौदीतर्फ जाँदै गरेको बागमती प्रदेश बी एडी ७७४२ नम्बरको जीप सोमबार दिउँसो नयाँपाटी भन्ने स्थानमा दुर्घटना हुँदा अन्य ७ जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय चालक प्रदीप राई र कुसुम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।
उनका अनुसार जीप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका र बाँकी ३ जनाको वाकु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
