`

‘आत्मअनुशासन र निष्ठाबाटै सुसंस्कृत समाज निर्माण हुन्छ’ – मन्त्री पाण्डे

Nepal One HD ३० पुष २०८२ १९:५५
राजनीति

काठमाडौँ, ३० पुसः पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आत्मअनुशासन र निष्ठाबाटै समाज सुसंस्कृत हुनसक्ने बताउनु भएको छ ।

आज नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ अन्तर्गत सञ्चालित तीनधारा संस्कृत छात्रावासको आयोजनामा पूर्व सुपरिवेक्षक सम्मान कार्यक्रममा उहाँले आत्मअनुशासन, निष्ठा र सुसंस्कृत आचरणले मात्र सभ्य समाज निर्माण सम्भव हुने बताउनुभयो ।

पाण्डेले संस्कृत र अङ्ग्रेजी भाषा दुवैमा दक्षता हासिल गर्न सके विश्वका जुनसुकै स्थानमा गए पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा वाल्मिकी विद्यापीठका प्राचार्य प्रा अच्युत लामिछानेले संस्कृत शिक्षाले राजनीति, साहित्य, प्राध्यापन, प्रशासन र सांस्कृतिक क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो ।

वरिष्ठ पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहालले तीनधारा संस्कृत छात्रावास नेपालको राजनीतिक व्यक्तित्व निर्माण, साहित्यिक योगदान र सांस्कृतिक चेतनाको महत्वपूर्ण केन्द्र भएको धारणा राख्नुभयो ।

कार्यक्रममा तीनधारा संस्कृत छात्रावासका पूर्व सुपरिवेक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा विद्यानाथ उपाध्याय, नीलमणि ढुङ्गाना, पुरुषोत्तम दाहाल, रामचन्द्र गौतम, रामहरि ढकाल, यतिराज भट्टराई, धुव्रप्रसाद ज्ञावली, अर्जुनबाबु दाहाल र रवीन्द्र न्यौपाने रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *