चुनावी तालमेलबारे हामीले सोचेका छैनौं : राजेन्द्र लिङ्देन
प्रमुख खबर
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दलसँग चुनावी तालमेलबारे अहिले नसोचिएको बताएका छन् । झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको र चुनावी प्रचारप्रसारका काम भइरहेको बताए । ‘हामीले १६५ क्षेत्रमै आफ्नो उम्मेदवार उठाएका छौं, झापामा त एमालेको उम्मेदवार भोट मागेर हिँडिरहनु भएको छ, हाम्रो उम्मेदवार पनि भोट मागेर हिँडिरहनु भएको छ । तालमेलको कुनै सम्भावना छैन,’ अध्यक्ष लिङ्देनले भने । एमाले वा अरू कुनै दलसँग चुनावी तालमेलबारे अहिले नसोचेको पनि उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
