`

सिंहदरबार जलाएको स्वीकार्ने महेन्द्र गौतम पक्राउ

Nepal One HD २२ माघ २०८२ २०:०४
अपराध

काठमाडौं । सिंहदरबार जलाएको दाबी गर्दै अभिव्यक्ति दिएका महेन्द्र गौतम पक्राउ परेका छन् ।

उनी चिनवनको खैरहनी नगरपालिका–९ का ३६ वर्षीय महेन्द्र गौतम हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गौतमलाई बिहीबार नियन्त्रणमा लिएको प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

गौतमले सिंहदरबारमा आगजनी गरेको दाबी गर्ने तथा अरू व्यक्तिहरूलाई पनि आगजनी गर्न उक्साउने किसिमका अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गौतम भीडलाई उत्तेजित बनाउने उद्देश्यका साथ अभिव्यक्ति दिने गतिविधिमा संलग्न थिए ।

सो कार्यले सार्वजनिक शान्ति, सुरक्षा र व्यवस्थामाथि प्रतिकूल असर पर्न सक्ने ठहर गर्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *