`

काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, हावाको गुणस्तर निकै खराब

Nepal One HD २९ माघ २०८२ ११:१२
समाज

काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौं विश्वको चौथो प्रदूषित सहर भएको छ ।

त्यहाँ हावाको गुणस्तर निकै खराब भएको आईक्यू एयरको तथ्याङ्कले देखाएको हो ।

बिहान १० बजेसम्मको हावाको एक्यूआई १८८ छ र हावामा पीएम २ दशमलव ५ को अवस्थामा छ ।

यो विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा २१ दशमलव ७ गुणा बढी हो ।

विश्वकै सर्वाधिक प्रदूषित सहर भने बंगलादेशको राजधानी ढाको हो ।

त्यसपछि पाकिस्तानको लाहोर, तेस्रोमा अफगानिस्तानको काबुल तथा चौथोमा काठमाडौं र पाँचौमा भारतको नयाँ दिल्ली हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *