`

मतदातासँगको भेटघाटमा सक्रिय अध्यक्ष ओली

Nepal One HD ४ फागुन २०८२ १२:२०
नेकपा एमाले

दमक। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ को दमकमा सोमबार बिहानै देखि मतदातासँगको भेटघाटलाई तिव्रता दिएका छन् । दमक ५ को यलम्बर चोकबाट उनको भेटघाट र घरदैलो शुरु भएको हो। अध्यक्ष ओलीलाई स्थानीय मतदाताहरुले आफुहरु मत बदल्ने पक्षमा नरहेको भन्दै ढुक्क भएर अघि बढ्न आग्रह गरेका थिए ।

चुनावी प्रचार प्रसारको औपचारीक शुरुवात भएसँगै मतदाता तथा शुभेच्छुकहरुले नाचगान सहित अध्यक्ष ओलीलाई स्वागत गरेका थिए । अध्यक्ष ओलीले सोमबार अपह्रान्ह ३ बजे अघि दमक ६ को शंखधर चोक, दमक ७ मा रहेको तवनि चौक, वडा नं १ स्थति हावल्दार चौकमा मतदाता तथा स्थानीयसँग भेटघाट गर्ने चुनाव प्रचारप्रसार समिति संयोजक एवम् एमाले केन्द्रीय सदस्य ईन्द्र भण्डारीले जानकारी दिए ।

आजै अपरान्ह्र ३ बजे दमक २ स्थति दमक फनपार्कमा आयोजति भेटघाट कार्यक्रममा सहभागगि हुने कार्यक्रम रहेको छ भने बेलुका ४ बजे दमक ३ स्थति आमचौकमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *