`

झापामा चुनावको मुखमा रास्वपा नेता एमाले प्रवेश, ओलीले गरे स्वागत

Nepal One HD ४ फागुन २०८२ १६:३२
नेकपा एमाले

दमक। झापा-५ मा रास्वपा नेता सहित विभिन्न दलमा आवद्ध युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन्।

सोमबार निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुगेका ओलीले दमक फनपार्कमा आयोजीत कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय प्रतिनिधी परिषद सदस्य भरत खनाल सहित विभिन्न युवाहरुलाई एमालेमा स्वागत गरे ।

एमाले प्रवेश गर्ने युवाहरुले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ का उम्मेद्वार समेत रहेका  एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिका भित्रका विभन्न कार्यक्रमहरुमा सहभागी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *