`

वीरगञ्‍जमा अनिश्‍चितकालीन कर्फ्यू आदेश जारी

Nepal One HD ११ फागुन २०८२ १२:५४
अपराध

काठमाडौं । पर्साकाे वीरगञ्‍जमा अनिश्‍चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले पार्किङको विषयलाई लिएर उत्पन्न विवाद बढ्दै गएपछि अनिश्चितकालीन कर्फ्यु लगाएको हाे ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बिहान ९ः४५ बजेदेखि कर्फ्यू लगाएको हो। प्रशासनले वीरगन्ज महानगरपालिकाका पूर्वमा बासइसा रोड, पश्‍चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे हाे ।

कर्फ्युको समयमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न रोक लगाइएको छ। कर्फ्युको उल्लंघन गरेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दाहालले चेतावनी दिए ।

गएराति वीरगन्जको श्रीपुरमा सवारी साधन पार्किङको विषयमा सामान्य विवाद भएको थियो। विवाद बढ्दै गएपछि दुई समुदाय (हिन्दु र मुस्लिम) बीच झडपको स्थिति आएको थियो।

यसअघि राैतहटकाे गाैरमा बिहेमा बजाएकाे बाजाका कारण दुई समुदायबीच तनाव उत्पन्न भएकाे थियाे । त्यहाँ शनिबारदेखि स्थानीय प्रशासनले लगाएकाे कर्फ्यू आदेश आज बिहानदेखि हटाएकाे छ । स्थिति सामान्य भएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *