`

ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो

Nepal One HD २१ फागुन २०८२ २०:१३
निर्वाचन विषेश

ललितपुर । ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ । ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ ।क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् ।

क्षेत्र नं २ मा ६१,९७५ मतदाता मध्ये ३१,०३५ महिला र ३०,९४० पुरुषले मतदान गरेका छन् ।क्षेत्र नं ३ मा ६९,३९१ मतदाता मध्ये ३५,०५५ महिला र ३४,३३६ पुरुषले मतदान गरेका छन् ।निर्वाचन अधिकृतहरूले मतदान प्रक्रिया सुरक्षित, पारदर्शी र व्यवस्थित रूपमा भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *