धनुषामा ६० प्रतिशत मतदाताले गरे मतदान
निर्वाचन विषेश
महेन्द्रनगर (धनुषा), २१ फागुनः धनुषामा ६० प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरले जानकारी दिनुभयो । सबै चार निर्वाचन क्षेत्रका ६४५ मतदान केन्द्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता थिए ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउनुभयो । नेपाली सेनाद्वारा निर्वाचन अधिकृतहरूको कार्यालयमा मतपेटिका ढुवानी भइरहेको जनाइएको छ ।सर्वदलीय सहमति गरी आजैदेखि मतगणना सुरु गर्ने तयारी भएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
