काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
निर्वाचन विषेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका खनाल २७ हजार ९१६ मत ल्याउएर विजयी भएका हुन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत ल्याएका छन् ।यसैगरी काठमाडौं क्षेत्र नम्बर ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
