`

गगन थापा झण्डै २ हजार मतले पछि, अमरेशको अग्रता तोड्न सकेनन्

Nepal One HD २२ फागुन २०८२ २०:१५
निर्वाचन विषेश

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ८ा. अमरेश सिंहले लिएको प्रारम्भिक अग्रतालाई यथावत राखेका छन् ।

सुरुबाटै अगाडि रहेका अमरेशले अहिले गगनले भन्दा १९ सय ६६ मत धेरै ल्याइसकेका छन् । हालसम्मको गणना अनुसार सिंहले ४ हजार ४९६ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति थापाले २ हजार ५३० मत प्राप्त गरेका छन् । यहा नेकपा (एमाले)का अमिनेश कुमार यादवले ६४३ मत पाएका छन्।

यसैगरी जनमत पार्टीका राकेशकुमार मिश्रले ३५८ मत र नेपाली कम्युनिष्ट पार्टीका रजनीश रायले १४० मत प्राप्त गरेका छन्।

गगन काठमाडौं ४ छाडेर यो निर्वाचनमा सर्लाही झरेका हुन् । उता अमरेश माघ ५ गते जनकपुरमा भएको रास्वपाको भेलाबाट प्रवेश गरेका हुन् । २०७९ को निर्वाचनमा अमरेशले यही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *