`

भावी प्रधानमन्त्रीका प्रस्तावित बालेनलाई एमाले महासचिव पोखरेलको बधाई

Nepal One HD २३ फागुन २०८२ १०:०२
निर्वाचन विषेश

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत बालेनलाई बधाई दिँदै आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको बताए।

उनले भने, ‘जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना,’ पोखरेलले भनेका छन्, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन।’

उनले आफ्नो निर्वाचन अभियानमा जुट्ने सबैलाई हृदयदेखि नै धन्यवाद भनेका छन्।

‘म उमेद्वार भएको दाङ प्रतिनिधि सभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ उनले अगाडि लेखेका छन्, ‘अन्त्यमा, ‘जिन्दगी हो-हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ,’ भन्ने गितको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार-जित स्वाभाविक हो। निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *