`

बझाङमा एमालेका ऐन महर निर्वाचित, दोस्रोपटकको चुनावी प्रतिस्पर्धाले संसद् यात्रा तय

Nepal One HD २३ फागुन २०८२ १०:५०
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् । यहाँ नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *