`

‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

Nepal One HD २७ फागुन २०८२ २२:०५
विश्व

जेनेभा। मध्यपूर्व युद्धले मानवीय सहायता आपूर्ति गर्ने मार्गहरूलाई असर गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले बुधबार मानवीय सहायता आपूर्तिहरू ढुवानी ‘छूट’ गर्न आग्रह गर्नुभएको छ।मध्य पूर्वमा युद्धले हर्मुजको स्ट्रेट प्रभावकारी रूपमा बन्द गरेको छ, इन्धन आपूर्ति अवरोधले मालभाडाको दरहरू बढाइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले बढ्दो युद्ध र स्ट्रेट अफ हर्मुजमा परेको प्रभावले हाम्रो मानवीय सहायताका लागि हुने आपूर्तिमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले तत्काल खासगरी उप–सहारा अफ्रिकाका प्रमुख आवश्यकता भएका क्षेत्रहरूको आपूर्तिमा असर परेको छ।“द्वन्द्वको थप वृद्धिले अन्य आपूर्ति मार्गहरूलाई पनि क्षति पुर्याएको छ,“ उहाँले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो ।

“युद्धले मूल्य बढाउँछ र अधिक मानिसहरूलाई सामानहरूको थप आवश्यकतातर्फ धकेल्छ,”उहाँले भन्नुभयो ।उहाँले अगाडी भन्नुभयो, “त्यसैले हामी सबै पक्षहरूलाई हाम्रो मानवीय सहायता बोक्ने यातायातको लागि ‘स्ट्रेट अफ हर्मुज’सहित ती मार्गहरू सुरक्षित गर्न प्रयास गर्न अपील गर्दछौँ । हामी राजनीतिको आधारमा नभई आवश्यकताको आधारमा जोसुकै, जहाँसुकै, पुग्न सक्छौँ।”

“हामी अहिले गम्भीर खतराको क्षणमा बाँचिरहेका छौँ,“ फ्लेचरले भन्नुभयो।“हामी यी सङ्कटहरू द्रुत रूपमा बढिरहेको र खतरनाक तरिकामा बढ्दो टकराइरहेको देखिरहेका छौँ,” उहाँले भन्नुभयो ।

“पछिल्ला दुई हप्ताको लडाइँले ‘हामी क्रूरता, दण्डहीनता र उदासीनताबीच बाँचिरहेका छौँ’ भन्ने थप पुष्टि गरेको छ,” उहाँले भन्नुभयो, “युद्धको सबैभन्दा खराब ज्यादतीलाई रोक्नको लागि नियममा आधारित अस्थायी ढाँचा नष्ठ हुँदैछ।”उहाँले थप्नुभयो, “मानवीय चातुर्यलाई व्यापक रूपमा मार्ने अझ डरलाग्दो उपायहरू अवलम्बन भइरहेका छन् । नागरिकहरू अझ बढी घृणित हिंसाको सिकार भइरहेका छन्।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *