रविकाे निर्देशनपछि सारियाे रास्वपा सचिवालय बैठक
बिशेष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सारिएकाे छ । सभापति रवि लामिछानेकाे निर्देशनपछि बैठक सारिएकाे प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार अब सचिवालय बैठक आइतबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा बस्ने छ ।
बैठकको कार्यसूचीमा समानुपातिक सांसद सिफारिस र विविध छन्।
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर एक्लै सरकार गठन गर्दै छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
