`

निर्वाचन हारेपछि राप्रपाअध्यक्ष राजेन्द्र लिङ्देन ‘मुड फ्रेस’ गर्न हिमाली भेगतिर (भिडियो)

Nepal One HD ८ चैत २०८२ १२:३३
भिडियो

काठमाडौं । निर्वाचन हारेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ‘मुड फ्रेस’ गर्न हिमाली भेगतिर लागेका छन् ।

उनी हिमाली जिल्ला मुस्ताङ पुगेका छन् र त्यहाँ चित्ताकर्षक हिमाली फाँटहरूमा मात्रै घुमेनन् लिङ्देन कोरला नाका पनि पुगे । मुस्ताङी राजाको दरबार अवलोकन गरे ।

दरबारको अवलोकनपछि उनले इतिहास भइसकेको राजसंस्थाको अझै अपरिहार्यता रहेको पनि बताए ।

उनले मुस्ताङका साँस्कृतिक राजा जिग्मे परबल विष्ट ‘अशोक’प्रति मुस्ताङीहरूको अगाध प्रेम अझै रहेको पाइएको पनि बताए ।

जिग्मे भने केही वर्ष यता काठमाडौंमा बस्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *