`

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

Nepal One HD १४ चैत २०८२ ७:२१
नेकपा एमाले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।

उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।

ओलीलाई पक्राउ गर्न रातभरी गुण्डुमा प्रहरी तैनाथ थियो । एमाले नेता कार्यकर्ताले ओलीको समर्थनमा व्यापक नाराबाजी गरेको थियो ।

तर, आज बिहानै पक्राउ गरेर ओलीलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।

अध्यक्ष ओलीलाई जेन–जी विद्रोहको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको एकपक्षीय र अपूर्ण प्रतिवेदनको नाममा पक्राउ गरेको हो ।

ओलीको पक्राउलाई एमाले नेताहरूले प्रतिशोधपूर्ण र षड्यन्त्रमूलक भनेको छ । बालेन सरकारको यस्तो कदम अस्वीकार भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

यस्तै ओली सरकारका गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।

शुक्रबार बसेको बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ओली, लेखकसहितलाई कारबाही गर्ने निर्णय गरेको थियो । यो निर्णयलाई एमाले नेताहरुले प्रतिवाद गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *