`

‘धकेल्नु तर गोरु कुटाइ नकुट्नु’ भनेर प्रहरीलाई सम्झाउँदै एमाले कार्यकर्ता (भिडियो)

Nepal One HD १६ चैत २०८२ १४:१४
नेकपा एमाले

काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सोमबार पनि माइतीघर–बानेषर सडकमा प्रदर्शन जारी रहेको छ। विरोध प्रदर्शनका लागि एमाले कार्यकर्ताहरू जम्मा भैरहेका छन्।

सोहि क्रममा  एकजना एमाले कार्यकर्ता प्रहरीलाई ‘धकेल्नु तर गोरु कुटाइ नकुट्नु’ भनेर प्रहरीलाई सम्झाउँदै छन्।

यतिबेला माइतिघर सडकमा प्रहरी र एमाले कार्यकर्ता मात्र देख्न सकिन्छ।  एमाले कार्यकर्ताहरुले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्व नाराबाजी गरिरहेका छन्।

एमालेले अध्यक्ष ओलीलाई रिहा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइसकेको छ। सोमबार एमाले सचिव महेश बस्नेतले पनि आन्दोलनको मोर्चामा उपस्थित हुने बताएका छन्।

गत आइतबार आन्दोलनकै क्रममा माइतीघर–बबरमहल क्षेत्रमा प्रहरी र एमाले कार्यकर्ताबीच छोटो समयका लागि मुठभेठ भएको थियो। तनाव बढेसँगै स्थिति नियन्त्रणमा लिन प्रहरीले आवश्यक बल प्रयोग गरेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *