`

सभ्य भाषा प्रयोग गर्न गृहमन्त्री गुरुङको निर्देशन

Nepal One HD १६ चैत २०८२ १८:०९
राजनीति

काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताएका छन्। उनले आगामी दिनमा अझ निर्धक्क र आत्मविश्वासका साथ काम गर्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। गृहमन्त्री गुरूङले प्रहरीको काममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिबद्धता समेत जनाए।

निरीक्षणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायतले गृहमन्त्री गुरूङलाई स्वागत गरेका थिए।

गृहमन्त्री गुरूङले समाजले प्रहरीप्रति राख्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्ने बताए। उनले शिष्ट व्यवहार, सभ्य बोलीचाली र जिम्मेवार कार्यशैलीमार्फत नागरिकका समस्या समाधान गर्दै प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए।

त्यस्तै, उनले आमनागरिकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग नागरिक सेवाका लागि गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा राजकुमार श्रेष्ठ को पनि सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *