`

महेश बस्नेत भन्छन्,- ‘अहिलेका गृहमन्त्री कथित हुन्’

Nepal One HD १६ चैत २०८२ १८:४८
नेकपा एमाले

काठमाडाैं। आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेपछि एमाले सचिव महेश बस्नेतले जिल्ला अदालतलाई धन्यवाद दिएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको कदम स्वागतयोग्य रहेको लेखेका हुन्  । 

उनले लेखेका छन्, ‘निरंकुश बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा अराजक तत्त्वलाई उचालेर झुटा मुद्दा लगाउँदै काठमाडौं जिल्ला प्रहरीले सरकारी वकिलमार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौं जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको छ। यस निर्णयका लागि काठमाडौं जिल्ला अदालतप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य छ ।’ 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *