`

राष्ट्रपतिले गरे संसद आह्वान

Nepal One HD १६ चैत २०८२ १९:२८
बिशेष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार संसद् बैठक चैत १९ गते दिउँसो २ बजे बस्ने गरी तय गरिएको छ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएको पृष्ठभूमिमा पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *