एकजुट भएर अघि बढ्नुपर्छ : कांग्रेस महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले पार्टीभित्र एकता कायम गर्न सबैलाई आह्वान गरेका छन्। उनले वर्तमान अवस्थालाई चुनौतीपूर्ण बताउँदै विभाजनतर्फ नलागी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
नेपाली कांग्रेसको इतिहास स्मरण गराउँदै विगतमापनि एकताकै बलमा पार्टीले देशका महत्वपूर्ण राजनीतिक परिवर्तनहरू सफलतापूर्वक नेतृत्व गरेको उनले बताएका छन्। त्यसैले अहिलेको परिस्थितिमापनि एकता नै सबैभन्दा ठूलो शक्ति भएको उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘म महामन्त्री मात्र नभई एक जिम्मेवार कार्यकर्ताको रूपमा भन्छु,हामी एकताबद्ध बनौं।’
यसैबीच,निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार र बुधबार काठमाडौंमा ‘केन्द्रीय कार्यसमिति’ बैठक गर्ने तयारी गरेको छ। बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी तय भएको नेताहरूले बताएका छन्।
पार्टीभित्र विशेष महाधिवेशनमा सहभागी र असहभागी समूहबीच फरक-फरक गतिविधि चलिरहेका छन्। उक्त महाधिवेशनको वैधताबारे विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत सम्म पुगेको छ, जहाँ मुद्दा हाल विचाराधीन अवस्थामा छ।
