`

पहुँच र शक्ति प्रयोग गरेर सुगममा बसेका १४ चिकित्सकको काज फिर्ता (सूचीसहित)

Nepal One HD १७ चैत २०८२ १७:३६
राजनीति

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले पहुँच र शक्ति प्रयोग गरेर सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकलाई अब आफ्नै दरबन्दी भएको अस्पतालमा पठाएकी छिन् ।

मन्त्री मेहताले देशभरि स्वास्थ्य सेवाको सन्तुलन मिलाउन तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव अन्त्य गर्न कडाइ गरेसँगै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएकी हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न, लामो समयदेखि शक्तिको आडमा सुगम रोज्ने प्रवृत्ति अन्त्य गर्न र सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण बनाउन यस्तो निर्णय गरिएको हो ।

मन्त्रालयले पहिलो चरणमा डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीलाई प्राथमिकतामा राख्दै काजमा रहेका चिकित्सकहरूलाई फिर्ता बोलाएको छ। यस निर्णयअनुसार डडेलधुरा अस्पतालमा ४ जना, नारायणी अस्पताल वीरगञ्जमा ५ जना तथा गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक आफ्नो दरबन्दीमा फर्किएका छन्।

को को हुन् त काज फिर्ता गरिएका चिकित्सकहरू :

१. डा. रोहिता बज्राचार्य
२. डा. जोसनलाल बज्राचार्य
३. डा. विशालकुमार देव
४. डा. प्रकाश ढकाल
५. डा. सुशील समदर्शी
६. डा. सन्तोषकुमार गुप्ता
७. डा. मिसन्ता शर्मा
८. डा. नविनचन्द्र भट्ट
९. डा. सुयोग्य वाग्ले
१०. डा. सोनीका धरी श्रेष्ठ
११. संजोग तिमिल्सिना
१२. डा. अरुण ज्ञवाली
१३. डा. मुकेश पौडेल
१४. डा. दिपेश भट्टराई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *