संसद बैठकअघि कांग्रेस संसदीय दल बैठक
नेपाली कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान साढे ११ बजे बैठक आह्वान गरिएको हो ।
आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने तय भएकाले त्यसअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
सांसद प्रकाशसिंह कार्कीका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय तथा संसद् बैठकका एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी गरेका छन् । कांग्रेसका तर्फबाट पूर्व सहमहामन्त्री तथा सांसद भीष्मराज आङ्देम्बेले धारणा राख्ने तयारी रहेको जनाइएको छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन् । यद्यपि, पार्टीले हालसम्म संसदीय दलको नेता भने चयन गरिसकेको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
