`

सदनमा बोल्दै बादल,ओली पक्राउको विषय उठाउने तयारी

Nepal One HD १९ चैत २०८२ १३:४६
नेकपा एमाले

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय संसदमा उठाउने तयारी गरेको छ ।

गत फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले अध्यक्ष ओलीको पक्राउप्रति आपत्ति जनाउने र रिहाइको माग गर्ने तयारी गरेको हो।

शीर्ष नेताले शुभकामना सम्बोधन गर्ने आजको बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ बोल्दै छन्। ओली पक्राउको बिषय संसद्‌मा पनि उठाउने एक सांसदले जानकारी दिए ।

उनले भने ‘दलको नेताले बोल्दा त्यसबारे धारणा राख्नुहुन्छ । अध्यक्षको पक्राउविरुद्ध संसद्‌मा के–के गर्ने भन्ने ठोस योजना त बनिसकेको छैन। संविधानभित्र रहेर कानुनी राज्यको माग गर्छौं ।’

‘जेनजी’ आन्दोलनका बेला प्रधानमन्त्री रहेका पार्टीका अध्यक्ष ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै एमालेले आपत्ति जनाउँदै आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *