`

अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो – ज्ञानेन्द्र शाही

Nepal One HD १९ चैत २०८२ १८:४८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले तत्कालीन सरकारको घमण्डले देश नै अशान्तिको ज्वालामा होमिएको बताएका छन् । उनले आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गर्दै गर्दा यस्तो अवस्था फेरि आउन नदिन अहिलेको सरकारलाई हेक्का रहनुपर्ने बताए ।

उनले भने, ‘अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो । सिंहदरबार जले, भौतिक संरचनाहरू ढले । संसद् भवन समेत जल्यो, आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ। यो अहिलेको सरकारलाई हेक्का रहोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *