`

बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने

Nepal One HD १९ चैत २०८२ २०:०४
समाज

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन लागिएको बताउनुभयो । उहाँले आगामी वैशाखदेखि खोप लगाइने बताउनुभयो ।

यसअघि दादुरा फैलिएपछि ढोरपाटन नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । “दादुरा सङ्क्रमण अझ नियन्त्रणम आएको छैन,” उहाँले भन्नुभयो, “त्यही भएर जिल्लाभरिका बालबालिकालाई खोप लगाउने छौँ ।”

यस नगरपालिकामा १३ जनामा दादुरा देखिएको छ । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए ।

शाखा प्रमुख डा गौतमका अनुसार अहिले दादुरा सङ्क्रमितको समुदायमा सक्रिय खोजी भइरहेको र उपचार तथा निगरानीसमेत भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *