कञ्चनपुरमा सात ‘बिचौलिया’ पक्राउ
प्रशासन
कञ्चनपुर। कञ्चनपुरमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय आसपास बिचौलियाको काम गर्ने चार जना, यातायात व्यवस्था कार्यालयबाट दुई जना र मालपोत कार्यालयबाट एक जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार प्रशासन कार्यालय अगाडिबाट बेदकोट नगरपालिका-५, धरमपुरका सालम बोगटी, दिल विक, सागर घरेडी र दिपेन्द्रकुमार बोहरालाई नियन्त्रणमा लिइएको हो। उनीहरू विभिन्न अनलाइन सेवा केन्द्रसँग आबद्ध रहेको खुलेको छ।
यसैगरी, यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिइरहेको भन्ने सूचनाका आधारमा कपिल जोशी, हिमान्शु चन्द र कैलाश सुनारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
